पथरीशनिश्चरे नगरभित्र मल विक्री वितरण गर्ने सूचना - Nigranitimes

पथरीशनिश्चरे नगरभित्र मल विक्री वितरण गर्ने सूचना

असोज १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरभित्र कृषकका लागि आवश्यक रासायनिक मल विक्री वितरण गर्न इच्छुक कृषि सहकारी, कृषि फर्म, कृषक समूह वा कम्पनीले ७ दिनभित्र नगरमा निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ ।

रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका २०७७ को परिच्छेद ३ को धारा १५ अनुरुप नगरमा मल विक्रेता छनौट गर्न नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वको स्थानीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकबाट नगरका वडाहरुमा मल विक्री वितरणका लागि कृषि सहकारी, कृषि फर्म, कृषक समूह वा कम्पनीले ७ दिनभित्र नगरमा निवेदन पेश गर्न आव्हान गर्ने निर्णय भएको समितिकी सदस्य सचिव कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाए ।

३ सदस्यीय समितिमा नगर उपप्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर