बालुवाटारमा ओली र प्रचण्डबीच छलफल, के–के भयो कुराकानी ? - Nigranitimes

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल, के–के भयो कुराकानी ?

फाइल तस्विर

कात्र्तिक १५ गते, काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको हो । यसअघि दुई अध्यक्षबीच कात्तिक ४ गते छलफल भएको थियो । त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोकिएको थियो ।

पछिल्लो पटकको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव लगायतका विषयमा प्रचण्ड ओलीसँग रिसाएका थिए । त्यसपछि ओली निकटका नेताहरु सन्देश लिएर पटक–पटक खुमलटार पुगेपनि प्रचण्डले छलफलका लागि बस्न मानेका थिएनन् ।

गत बुधबार ओली टिकट महासचिव विष्णु पौडेल र दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यसपछि ओली निकटका नेताहरुले लगातार प्रचण्डसँग भेट गरिरहेका छन् ।

बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए । शनिबार बालुवाटार जानुअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले छलफल गरेका थिए । रातोपाटीबाट

सम्बन्धित खवर