ट्याक्टरको ठक्करबाट कानेपोखरीमा एक युवाको मृत्यु - Nigranitimes

ट्याक्टरको ठक्करबाट कानेपोखरीमा एक युवाको मृत्यु

मंसिर ९ गते, पथरी । मोरङको कानेपोखरी–६, स्थित मन्त्री चोकमा ट्याक्टरको ठक्करबाट एक जना युवाको घटना स्थलमै मृत्यु भएको छ ।

बजारबाट सिमेन्ट लिएर गईरहेको को २ त ८५६ नम्बरको ट्याक्टरले को २८ प ८९६७ नं. को मोटर साईकललाई ठक्कर दिदा कानेपोखरी –७ का मोटरसाईकल चालक २८ बर्षिय शम्भु लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।

कानेपोखी–रंगेली रोडको रमाइलो बजार देखि पूर्वको भित्री सडकमा ट्याक्टरलाई मोटर साईकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ट्याक्टर र चालकलाई भने इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित खवर