‘पारिवारिक निजी वन किसान मुखी कानुन बन्ने’ - Nigranitimes

‘पारिवारिक निजी वन किसान मुखी कानुन बन्ने’

पुस २ गते, पथरी । कृषि सहकारी र प्राकृतिक श्रोत समिति, सदस्यसमेत रहेका संघीय सांसद घनश्याम खतिवडाले पारिवारिक निजी वन किसान मुखी कानुन बन्ने बताएका छन् ।

बिहिबार मोरङको कानेपोखरीमा पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा सांसद खतिवडाले सो कुरा बताएका हुन् । पारिवारिक निजी बन किसान मुखी बनाउन आफूहरु लागि परेको बताए । वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख काट्ने काम राष्ट्रिय हित विपरीत रहेको उनको भनाइ थियो ।

पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय समितिको टोली विहिबार निजी वन भ्रमणको क्रममा मोरङ कानेपोखरी आइपुगेको हो । स्थानीय तहमा वन कानून निर्माण गर्दा परिवारिक निजी वनलाई किसान मुखी बनाउन उत्प्रेरित गर्ने उदेश्यले जनप्रतिनिधिहरुवीच छलफलको आयोजना भएको थियो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफलेले स्वागत मन्तव्य गरेका थिए । स्वागत गर्ने क्रममा कानेपोखरीमा पारिवारिक वन किसान मुखी बनाउने आश्वासन दिएका छन् । कार्यक्रम सञ्चालनको क्रममा संघका के्रन्द्रीय सचिव नवीन पौडेलले पारिवारिक निजी वनलाई तस्करहरुको चंगुलवाट हटाउन किसान मुखी ऐन कानुन निर्माण हुनुपर्ने बताए ।

उनले निजी वनलाई कटान र विक्री वितरण गर्न धान, कोदो, मकैको बाली जस्तै सहज कानुन स्थानीय तहमै बनाउनु पर्ने माग राखेका थिए । संघले धान, कोदो, कमै लगायतका बाली जस्तै निजी जग्गामा वन लगाउन कटान र बिक्री वितरण सहजहुने कानून निर्माण हुनुपर्ने माग राख्दै आएको छ । निजी वनमा वीमाको सुविधा, बैंक धितो राख्न मिल्ने सुविधा राज्यतहवाटै उपलब्ध भए वन बिकासको साथै किसानहरुले सहज महशुस गर्ने बताए ।

पारिवारिक निजी वन संघ नेपालको केन्द्रीय उपाध्यक्ष लक्ष्मण पाठकको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, कानेपोखरी गाउँपालिका उपप्रमुख राजमति इङ्नाम, २, ६ र ७ नम्बर वडा अध्यक्षहरु क्रमस शुसिल बुढाथोकी, खड्ग बस्नेत र मोहनप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर