हिमाअसलाई पाखा लगाउँर्दै सिरिजंगा एफसी लिगको शीर्ष स्थानमा - Nigranitimes

हिमाअसलाई पाखा लगाउँर्दै सिरिजंगा एफसी लिगको शीर्ष स्थानमा

पुस ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगिताको चेस्रो चरणको दोस्रो खेलमा सिरिजंगा एफसी लिगको शीर्ष स्थानमा पुगेको छ ।

शनिबार भएको खेलमा हिमाअस हाइवेलाई ३–० फराकिलो गोलको अन्तरले पराजित गर्दै ९ अंक जोडे पछि सिरिजंगा एफसी शीर्ष स्थानमा पुगेको हो । सिरिजंगा एफसी लिगको तीनै खेल जितेर ९ अंक प्राप्त गर्दै नकआउट चरणमा प्रबेस गरेकोे छ ।

खेलको ३७ औँ मिनेटमा सिरिजंगा एफसीका सफल आङ्बुहाङले पहिलो गोल गरेका थिए । त्यसैगरी सिरिजंगातर्फबाट ४५ औँ मिनेटमा सनम धिमालले र ६९ औँ मिनेटमा दिल कुमार याक्सोको पासलाई सदुपयोग गर्दै प्रताप चेम्जोङले गोल गरेका थिए । खेललाई ३–० को जित निकाल्दै सिरिजंगा एफसी शिर्ष स्थान ओगटेको हो ।

खेलको म्यान अफ द म्याच सिरिजंगाको सुवास तामाङ घोषित भए । आजको खेल वाइजिएफटी र देवीगञ्ज एफसी बिच हुने आयोजक कमिटि संयोजक संजिव गिरीले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उप विजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर