नआउट चरणमा चारवटा क्लब प्रवेश - Nigranitimes

नआउट चरणमा चारवटा क्लब प्रवेश

पुस ६ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सवर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगितामा चारवटा फुटबल क्लब नआउट चरणमा प्रवेश गरेका छन् ।

लिग कम नकआउट फुटबल खेलमा सरिजंगा, हेरिका न्युस्टार, टेन नवोदयको र द रियल ब्रदर्श एफसी नआउट चरणमा प्रवेश गर्दै सेमी फाइन खेल्ने पक्का भएको हो । त्यसैगरी वाइजीएफटी, शिखर, हिमाअस र देविगञ्ज लिग चरणबाट बाहिरिएका छन् ।

नकआउट चरणमा प्रवेश गर्ने समूह ‘ए’ बाट सरिजंगा र हेरिका न्युस्टार फुटबल क्लव रहेका छन् । त्यसैगरी समूह ‘बी’ बाट एक खेल खेल्न बाँकी टेन नवोदयको ६ र द रियल ब्रदर्सको ४ अंक रहेकोले दुबै टिम नकआउट चरणमा प्रवेशको थियो ।

आइतबारको खेलमा खेलमा देविगञ्ज फुटबल क्लबले ३–२ गोलान्तरले जित हात पार्दै लिगबाट दुवै टिम बाहिरिएको छ । मध्यन्तर अघि वाइजीएफटीका खेलाडिहरु अबय लिम्बू र रोशन न्यौपानेले गोल गरेका थिए ।
देवीगञ्जको तर्फबाट मध्यन्तर अघि गोबिन गुरुङले १ र मध्यन्तर पछि सन्तोष न्यौपानेले २ गोल गरेका थिए । खेलको यान अफ द म्याच देविगञ्ज एफसीका खेलाडी शन्तोष न्यौपाने घोषित भए । सोमबार खेल टेन नवोदय र द रियल ब्रदर्श एफसीबीच हुने आयोजक समितिको सहसंयोजक बिक्की राईले बताए ।

सम्बन्धित खवर