सिरिजंगा एफसीलाई हराउँदै टेन नवोदय उपाधि नजिक - Nigranitimes

सिरिजंगा एफसीलाई हराउँदै टेन नवोदय उपाधि नजिक

पुस ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिग फुटबलको खेलमा सिरिजंगा एफसीलाई हराउँदै टेन नवोदय फुटबल क्लब उपाधि नजिक पुगेको छ ।

बुधबार भएको सेमीफाइनल खेलमा सिरिजंगा एफसीलाई १–० को गोल अन्तरले पराजित गर्दै टेन नवोदय एफसी उपाधि नजिक पुगेको हो । खेल सुरु भएको १५ औं मिनेटमा टेन नवोदयको तर्फबाट रोशन माझीले निर्णायक गोल गरेका थिए । खेलको म्यन अफ द म्याच टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित भए ।

नवोदयकै अर्का खेलाडी सेनेहाङ लिम्बूले भने प्रतियोगिताको पहिलो रेड कार्ड पाएको छ । करिव ७ मिनेट समय रहदा १० खेलाडीमा सिमित नवोदयलाई लगातार प्रहार गर्दा पनि गोल नहुँदा सिरिजंगा स्तब्द भएको थियो ।

दुवै टिमको खेलाडी एकआपसमा ठोकिन्दा घाइते भएका छन् । नवोदयका अंकित लिम्बूको टाउको र सिरिजंगाको बिशाल सम्बा गालामा चोट लागेको छ । उनिहरुलाई मैदानबाट अस्पताल लगिएको थियो ।

बिहिबारको अन्तिम सेमिफाइनल खेल द रियल ब्रदर्श र हेरिका न्युस्टारबीच हुने आयोजक समितिको सहसंयोजक बिक्की राईले बताए । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

तस्विर : करण धिताल

 

 

सम्बन्धित खवर