ओली समूहको प्रदेश १ इञ्चार्जमा सुवास नेम्वाङ - Nigranitimes

ओली समूहको प्रदेश १ इञ्चार्जमा सुवास नेम्वाङ

पुस ९ गते, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहको प्रदेश १ इञ्चार्जमा सुवास नेम्वाङ तोकिएका छन् ।

विहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले नेकपाका प्रदेश १ इञ्चार्ज भीम आचार्यलाई हटाउँदै पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङलाई प्रदेश १ को इञ्चार्ज तोकेको हो । आचार्य प्रचण्ड–नेपाल समूहमा छन् ।

संविधानसभाको दुवै कार्यकाल अध्यक्ष बनेर नेपालको वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेम्वाङ अहिले सोहि संविधानको व्यवस्था विपरित प्रधानमन्त्री केपीले संसद् भंग गर्दा समेत यसबारेमा स्पष्ट बोलेका छैनन् । बरु उनैको अध्यक्षतामा बनेको संविधान विपरित संसद् भंग गर्ने ओलीलाई नै साथ दिएर प्रदेश इञ्चार्ज बनेका छन् ।

पटक पटक गरेर लामो समय सभामुख बनेका र संविधान निर्माणको नेतृत्व नै गरेका नेम्वाङ आफैं असंवैधानिक कदमलाई साथ दिएर हिड्न थालेपछि उनी माथि प्रश्न उठ्न थालेको छ ।

सम्बन्धित खवर