भुटानी शरणार्थी शिविरमा साँस्कृतिक संग्रहालयको काम अघि बढ्दै - Nigranitimes

भुटानी शरणार्थी शिविरमा साँस्कृतिक संग्रहालयको काम अघि बढ्दै

पुस १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१० स्थित भुटानी शरणार्थी शिविरमा प्रदेश सरकारको गौरवको आयोजना अन्तरगत साँस्कृतिक संग्रहालयको काम अघि बढेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा नगर कार्यपालिकाको सम्पन्न बैठकले शिविर क्षेत्रमा संग्रहालय निर्माणस्थलको क्षेत्रफल यकिन गर्न र सम्बन्धित पक्षसँग संग्रहालय निर्माणको काम अघि बढाउने पहल गर्न समिति गठन गरेको छ ।

समितिको संयोजकमा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सदस्यमा ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल र १० नम्वर वडा सदस्य अनोज घिमिरे चयन भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताइ ।

समितिले शरणार्थी शिविर क्षेत्रमा संग्रहालय निर्माणस्थलको जग्गा नक्शाकन गरी तत्काल काम अघि बढाउने निर्णय भएको थियो ।

बैठकले, राजस्व परामर्श समितिले केही छुट भएका करहरुको सिफारिसलाई अनुमोदन गर्नुका साथै सडक क्षेत्रमा निर्माण सामग्री राखिए तथा नगरको अनुमति नलिई सडकमा सूचना बोर्ड ( होडिङ बोर्ड ) राखिए जरिवाना सहितका कारवाही गर्ने, बजार खण्डमा व्यापारिक प्रयोजनका लागि पार्किङ गर्न नपाउने र त्यसो गरेमा जरिवाना गर्ने पनि निर्णय गरेको छ ।

 

सम्बन्धित खवर