विजुलीको मिटर जाँच गर्न गएका बेला बालिकामाथी बलात्कारको प्रयास गर्ने मिटर रिडर रिजाल पक्राउ - Nigranitimes

विजुलीको मिटर जाँच गर्न गएका बेला बालिकामाथी बलात्कारको प्रयास गर्ने मिटर रिडर रिजाल पक्राउ

फोटो फाइल

पुस २१ गते, बेलबारी । मोरङको सुन्दरहरैंचा घर भएका बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रमा कार्यरत एकजना मिटर रिडर जबरजस्ती करणी प्रयासमा पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका घरभएकी १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सुन्दरहरैंचा नगरपालिका–२ का ४० वर्षीय लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो मिटर जाँच गर्न गएका रिजालले ति बालिकाको घरमा कोहि नभएको मौकाछोपी बालिकामाथी बलात्कारको प्रयास भएको हो । रिजाल दश वर्ष अघिदेखी बेलबारी वितरण केन्द्रको मिटर रिडरको रुपमा कार्यरत छन् ।

अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

रिजाल विरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

सम्बन्धित खवर