कानेपोखरीमा तीन दिने रमाइलो च्यालेन्ज कप हुर्दै - Nigranitimes

कानेपोखरीमा तीन दिने रमाइलो च्यालेन्ज कप हुर्दै

माघ १६ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकामा तीन दिने नक आउट फुटबल रमाइलो च्यालेन्ज कप हुने भएको छ ।

कानेपोखरी समाज सेवा काठ्माडौंको आयोजनामा हुने फुटबल च्यालेन्ज कप भोलि शनिबार देखी सुरु भएर सोमबार समापन हुने भएको हो । खेल वडा नं. ६ को जनसेवा माविको खेलमैदानमा हुने भएको छ । खेलको टिम व्यवस्थापन रमाइलो युवा परिवारले गर्ने भएको छ ।

कानेपोखरी युवा क्लब, मातृभूमि समाज सेवा क्लब नारायण चोक, हिमाल युनाईटेट क्लब विहिबारे, शुभकामना बहुउद्देशिय क्लब दलेली, रियल स्टार दुम्रीघाट, नव प्रतिभा युवा क्लब हरकपुर, होक्लाबारी युवा क्लब होक्लाबारी र कानेपोखरी सेवा समाज काठ्माडौं आयोजक गरी ८ टिमले भाग लिएका छन् । ‘ए’ समूह र ‘बि’ समूहबाट खेल संचालन हुने खेल संयोजक जयराज संयोगले बताए ।

भोली शनिबार पहिलो चरणको खेल ८ वटा टिमले एकै दिन खेल्ने भएको छ । त्यैगरी सेमिफाइनलको खेल आइतबार र फाइनल खेल सोमबार हुने पत्रकार सम्मेलनमा आयोजकले बताएका छन् । खेल खेल्ने आउने क्लबले १ हजार प्रवेश शुल्क आयोजकलाई बुझाउनु पर्ने छ ।

प्रतियोगितामा विजेता टिमले २५ हजार र उपविजेता टिमले १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समाजका अध्यक्ष मेघेन्द्र पराजुलीले बताए । खेलमा म्यान अफ द म्याच र हाई स्कोररलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएका छन् ।

खेलमा कानेपोखरी गाउँपालिकाले १ लाख ६३ हजार सहयोग गरेका छन् । त्यसैगरी खेलको दोस्रो पुरस्कार फुयल सुनचाँदी पसलका संचालक डिल्ली फुयलले प्रदान गर्ने भएको छ । खेलमा जम्मा ७ लाख हुने बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए । पत्रकार सम्मेलनमा अध्यक्ष काफ्लेले जनसेवाको खेल मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको मैदान बनाउने छलफल भैरहेको बताए । मैदानको पूर्व दक्षिणको केही घरहरु व्यवस्थापन गरेर उत्तर दक्षिणको खेल मैदान निर्माण गर्न ४ बर्ष अघि देखि पहल र छलफल भैरहेको अध्यक्ष काफ्लेले बताए ।

कार्यक्रममा समाजसेवी मोहन गौतम, डिल्ली फुयल, जयराज संयोक, सुनिल पराजुली, देवेन्द्र लुइटेल,कुमार फुयल र अशोक फुयल लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर