स्वास्थ्य चौकीको गतिविधिका बारेमा अनुगमन् - Nigranitimes

स्वास्थ्य चौकीको गतिविधिका बारेमा अनुगमन्

माघ २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा स्वास्थ्य चौकी हसन्दहको गतिविधिका बारेमा अनुगमन् भएको छ ।

वडा नम्बर ५ मा अवस्थित सो स्वास्थ्य चौकीमा कर्मचारीहरुको सक्रियता, औषधिको अवस्था, विरामीको चाप, अपाङ्गता पूनस्र्थापना कार्यक्रम अन्तर्गतको वडा नम्बर ५ र ६ को गतिविधिका बारेमा जानकारी लिइएको छ ।

नगर उपप्रमुख वास्तोलाका साथै महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितको टोलीले त्यहाँका कर्मचारीलाई भेटी समग्र अवस्थाका बारेमा जानकारी लिएको हो ।

सम्बन्धित खवर