२४ लाख अबैध रकम सहित कानेपोखरीका बस्नेत पक्राउ - Nigranitimes

२४ लाख अबैध रकम सहित कानेपोखरीका बस्नेत पक्राउ

बैशाख ६ गते, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख सहित मोरङ कानेपोखरी गाउँपालिका एक जना पक्राउ परेका छन् ।

मोरङ कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर