वडाको दीर्घरोगीहरुलाई निःशुल्क औषधि र स्वास्थ्य चेकजाँच - Nigranitimes

वडाको दीर्घरोगीहरुलाई निःशुल्क औषधि र स्वास्थ्य चेकजाँच

बैशाख १५ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ का १ सय जना दीर्घरोगीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि औषधि वितरण गरेको छ ।

वडा कार्यालयको सहयोग, स्वास्थ्य शाखाको आयोजना र कानेपोखरी मिडिया प्रा.लि.को सहकार्यमा एक दिने वडा स्तरीय निःशुल्क स्वास्थ्य शिविरमा औषधि वितरण र स्वास्थ्य चेकजाँच बुधबार सम्पन्न भएको हो ।

वडाका जेष्ठ नागरीक, दीर्घरोगी, मधुमेह चेकजाँच लगाएत विरामीहरुलाई औषधि पनि वितरण गरिएको थियो । शिविरमा कानेपोखरी अस्पतालका मेडिकल अफिसर रामशंकर यादवले चेकजाँच गरेका थिए । स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारी, हेल्थ असिष्टेन्ट सागर धिमाल, अहेव हिरा गुरुङ, अनमी मुना वि.कले प्राविधिक सहयोग गरेका थिए ।

आइतबारेमा भएको शिविरको कार्यक्रमका अध्यक्ष तथा ७ नं. वडाका वडाध्यक्ष मोहन प्रसाद अधिकारले व्यानर पढेर उद्घाटन गरेका थिए । अध्यक्ष अधिकारीले वडाको दीर्घरोगीहरुको सवै डाटा संकलन गरिसकेको र आज मात्र होइन फेरी वडाले औषधि खरिद गरी सवैलाई वितरण गर्ने बताए । वडाका विपन्न वर्गका दलित परिवारलाई निःखुल्क स्वास्थ्य विमा गरिदिने पनि बताए ।

कार्यक्रम स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र कमार राजभण्डारीले संचालन गरेका थिए । वडासदस्य धनबहादुर राईले स्वागत मन्तव्य राखेका थिए । शिविरमा वडासदस्य संगिता वि.क पनि उपस्थित रहेका थिए ।

 

 

सम्बन्धित खवर