पथरीशनिश्चरेमा १९ जना संक्रमित, संक्रमितको संख्या बढ्र्दै - Nigranitimes

पथरीशनिश्चरेमा १९ जना संक्रमित, संक्रमितको संख्या बढ्र्दै

 

बैशाख २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा दोस्रो पटकको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट थप ७ जना संक्रमित फेला गरेका छन् । हालसम्म नगरमा १९ जनामा संक्रमण भएको छ ।

जिल्लाका विभिन्न अस्पतालमा पीसीआर परीक्षणका क्रममा विहिबार दिउँसो ३ बजेसम्ममा ५ पुरुष र २ महिला गरी ७ जना संक्रमित भएको जानकारी प्राप्त भएको नगरको स्वास्थ्य शाखालेले जनाए । जसमा वडा नम्बर १ का २ महिला र ३ पुरुष, ६ का १ पुरुष, ८ का १ पुरुष रहेका छन् ।

हिजोसम्ममा विभिन्न अस्पतालहरुमा पीसीआर प्रविधिबाट परीक्षण गर्दा ६ पुरुष र ५ महिला गरी ११ जना र नगरको एन्टिजिन परीक्षणमा १ महिला गरी कुल १२ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म ६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यसैबीच, कोरोना संक्रमण रफ्तारमा बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले भोली राती १२ बजेबाट जेठ २ गते राती १२ बजेसम्मका लागि जिल्लाभरी निषेधआज्ञा जारी गरेको छ ।

सम्बन्धित खवर