चीनले दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो - Nigranitimes

चीनले दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

जेठ १८ गते, काठमाडौं । नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौं आइपुगेको छ ।

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर एयरलाइन्सको जहाज आज काठमाडौंमा अवतरण गरेको हो ।

सो जहाज हिजो बेइजिङ गएको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले ८ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणाअनुसार सो खोप नेपालले ल्याएको हो ।

खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो ।

सम्बन्धित खवर