‘भलुवा सिमसार’लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ५ करोड बजेट - Nigranitimes

‘भलुवा सिमसार’लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ५ करोड बजेट

जेठ २० गते, कानेपोखरी । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि भानुभक्त ढकालले ‘भलुवा सिमसार’लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि ५ करोड रकम विनियोजन गरेका छन् । मोरङको कोनेपोखरी–७, स्थित शुक्रबारेमा रहेको ‘भलुवा सिमसार’लाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल बनाउन सो बराबरको रकम विनियोजन गरेको हो ।

सो बजेटले दुई बर्ष भित्र काम सम्पन्न हुने गरी काम सुरु गर्न लागेको वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारीले बताए । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यहोर्ने गरी रकम विनियोजन गरेको हो । यो भलुवा सिसारले यो पोखरीबाट उत्तर तीन किलोमिटर माथीको पूर्वपश्चिमको सडक सिमसार तथा जलाधारले भेट्ने भएकोले क्रमश यसको क्षेत्र फराकिलो हुने छ । यस क्षेत्रलाई पर्यटकीय स्थल कस्तो बनाउने भनेर गाउँपालिकाले डिपिआर निर्माण गरिसकेको छ । अव डिपिआरकै आधारमा काम हुने वडाध्यक्ष अधिकारीले बताए । वन क्षेत्र भित्र एक स्थानबाट अर्को स्थानमा जान साइकिलिंगको पनि योजना रहेको छ ।

वन्यजन्तुको लागि सानो चिडिया खान, ट्रि हाउस, वनभोज खाने कटेज, पोखरीको विचभागमा जाने पुलको निर्माण, पाहुना घर, सभाहल लगाएत निर्माण हुने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र वनको समग्र विकासका लागि वन आसपासका जलाधार तथा पानीको मुहान संरक्षण गर्ने, वन्यजन्तु संरक्षणका लागि वन्यजन्तु आवास निमाण गर्ने तथा होमस्टे पनि सुरु गर्ने वडाध्यक्ष अधिकारीले बताए ।

ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र रहेको तल्लो भागमा मात्र करिब १४ हेक्टर जमीनमा सिमसार क्षेत्र फैलिएको छ । वि.सं. २०६६ सालमा वन उपभोक्ता समितिले संरक्षणमा चासो देखाउदै आएको थियो । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोक देखि करिब तीन किलोमिटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्र भलुवा सिमसार रहेको छ ।

उति खेर तत्कालिन वन समितिका अध्यक्ष हरि पौड्यालले भलुवा सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटी १० बर्षमा पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने घोषणा गरेका थिए । उति खेर बजेट अभावको कारण काम हुन भने सकेको थिएन ।

पूर्वकै नमूना गन्तव्य स्थल निर्माण गर्न सके गाउँपालिका कै प्रमुख स्रोत हुने छ । भलुवा सिमसार तथा जलाधार क्षेत्रबाट निस्किएको पानीले कानेपोखरीको वडा नं. ७, ६ र ४ सम्म करिब १ हजार बिघा भन्दा बढी जमिनमा सिचाई हुँदै आएको छ ।

सम्बन्धित खवर