एमालेले बनायो ९ विभाग, स्कुल विभाग प्रमुखमा ओली - Nigranitimes

एमालेले बनायो ९ विभाग, स्कुल विभाग प्रमुखमा ओली

साउन १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले ९ वटा विभाग निर्माण गरेको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुल सहित १४ वटा विभाग निर्माण गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल छन् भने संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल छन् ।

यस्तै स्कुल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओली स्वयं छन् भने विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४÷१५ सदस्य छन् ।

सम्बन्धित खवर