शरणार्थी शिविरमा १८ बर्षमाथिकालाई कोरोना विरुद्धको खोप लगाईयो - Nigranitimes

शरणार्थी शिविरमा १८ बर्षमाथिकालाई कोरोना विरुद्धको खोप लगाईयो

 

साउन १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे १० मा रहेको भूटानी शरणार्थी शिविरका १८ वर्षमाथिका व्यक्तिहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

मंगलबार वडा वडामा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकासँगसँगै शरणार्थीहरुका लागि समेत खोप लगाउने संघीय सरकारको निर्देशन बमोजिम खोप लगाउने काम भएको हो । शिविरमा कोरोना भाइरस विरुद्धको एक मात्राका रुपमा लगाउँदा हुने ‘जनसन’ खोप लगाइएको छ ।

शनिश्चरे स्वास्थ्य चौकीका स्वास्थ्य प्राविधिकहरुले शिविरको ज्येष्ठ नागरिक भवनमा खोप लगाउने काम गरेको स्वास्थ्य चौकी इञ्चार्ज प्रकाश कार्कीले जनाए ।

शिविरमा खोपको वातावरण बारे जानकारीका लागि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको समेत उपस्थिती रहेको थियो । १८ वर्षमाथि खोप लगाउने उमेर समूहका करीव ९ सय शरणार्थी रहेको जानकारीका आधारमा नगरबाट खोपको माग गरिएको थियो ।

सम्बन्धित खवर