विप्लव नेकपाको मोरङ जिल्ला सदस्य न्यौपाने पार्टीबाट निष्कासित - Nigranitimes

विप्लव नेकपाको मोरङ जिल्ला सदस्य न्यौपाने पार्टीबाट निष्कासित

भदौ २७ गते, पथरी । आर्थिक हिनामिन र पार्टीको आन्तरिक गोपनियता भंग गरेको भन्दै मोरङ जिल्ला सदस्य लक्ष्मण न्यौपानलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको छ ।

सो पार्टीको जिल्ला सेक्रेटरी कृष्ण चौलागाई (नरेश) र निर्मलले आइतबार(अशोज २७) बिज्ञप्ति प्रकाशन गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी गराएको हो । न्यौपानेलाई पार्टीको नाममा संकलित आर्थिक हिनामिना गरेको, गोपनीयता भंग गरेको, गुटबन्दी गरेर आन्तरिक एकतामा खलल पैदा गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको नीति र हित विपरीत गतिविधिमा संलग्न हुँदै आएका सचेत गराउँदा पनि नसच्चिएको विज्ञप्तिमा उल्लेख छ । ‘पार्टी र क्रान्ति बिरोधी क्रियाकलापमा संलग्न यस्ता व्यक्तिहरुको भ्रममा नपरी एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद हासिल गर्ने पार्टी नीतिमा दृढता पूर्वक अघि बढ्न आम पार्टी पंक्तिलाई निर्देश गरिन्छ ।’ विज्ञपितमा उल्लेख छ ।

 

सम्बन्धित खवर