अशक्त पाख्रिनलाई ट्राइसाइकल प्रदान - Nigranitimes

अशक्त पाख्रिनलाई ट्राइसाइकल प्रदान

असोज ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्र भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि छुट भएका सहायक सामग्री वितरण भएको छ ।

विहिबार वडा नम्बर १ का जसबहादुर पाख्रिनलाई ट्राइसाइकल प्रदान गरिएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितले ट्राइसाइकल वितरण
गरेका थिए ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गरेको हो ।

सम्बन्धित खवर