प्याब्सन अध्यक्ष मोहन बुढाथोकी सम्मानित - Nigranitimes

प्याब्सन अध्यक्ष मोहन बुढाथोकी सम्मानित

असोज १२ गते, विराटनगर । डोरितान संघ बिराटनगरले नवनिर्वाचित बिराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकीलाई सम्मान गरेको छ ।

मंगलबार एक कार्यक्रममा महानगर डोरितानका अध्यक्ष रेसम थापा मगरले खदा सहित सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रममा डोरितान मोरङको जिल्ला सद्स्य दिपक प्रसाद घिमिरे, महानगर डोरितान उपाध्यक्ष विश्वकान्त दाहाल, सचिव निरञ्जन ढुंगाना सदस्यहरु अर्जुन रिजाल, मदन भण्डारि स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिज्ञान शर्मा चापागाईं र नेपाल कम्फो खुकुरी मार्सल आर्ट्स संघ मोरङका सचिव लक्कि साह र अंकित भण्डारीको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खवर