सहकारीद्वारा अशक्त ३२ जनालाई आर्थिक सहयोग - Nigranitimes

सहकारीद्वारा अशक्त ३२ जनालाई आर्थिक सहयोग

असोज १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे १ मा स्थापित शंकर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौ वार्षिक साधारण सभामा विपन्न, अशक्त ३२ जनालाई सहयोग प्रदान गरेको छ ।

शुक्रबार भएको साधारण सभामा मनमाया लिम्बू, सुर्यभक्त गुरुङ, जितबहादुर मगर, नगरमाया जोगि लगायत ३२ जनालाई जनही एकह हजारको दरले सहयोग प्रदान गरिएको संस्थाको अध्यक्ष प्रदिपकुमार राईले बताए ।

पथरीमा रहेका पिन्न, अशक्तहरुलाई थोरै भएपनि सहयोग गर्ने संस्थाको नीति अनुसार नगद प्रदान गरिएको थियो ।

तीन सय शेयर सदस्य रहेको शंकर सहकारी संस्थाको अध्यक्ष प्रदिपकुमार राईको सभापतित्वमा नगरको सहकारी विभाग अधिकृत कमलादेवि धमलाको प्रमुख अतिथ्यमा समापन भएको थियो ।

 

सम्बन्धित खवर