एमालेको लोगो परिमार्जन, सूर्यभित्र सुनौला रङको हँसिया हथौडा - Nigranitimes

एमालेको लोगो परिमार्जन, सूर्यभित्र सुनौला रङको हँसिया हथौडा

असोज १७ गते, काठमाडौं । नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो ।

अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो । अब यो लोगो नै पार्टीको आधिकारिक हुने पौडेलले बताए ।

सम्बन्धित खवर