अस्पतालमा सुरक्षाको लागि राखिएको दुई वटा शव कुहियो - Nigranitimes

अस्पतालमा सुरक्षाको लागि राखिएको दुई वटा शव कुहियो

कात्र्तिक २ गते, मंगलबारे । मोरङको उर्लाबारी—३ स्थित मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टरको लापार्बाहीको कारण सुरक्षाको लागि राखिएको दुई वटा शब कुहेको पाइएको छ ।

पथरीशनिश्चरे—१ की ७० बर्षिय छत्रकुमारी लिम्बूको शव असोज २७ गते र सुनसरी धरान—१६ को ६७ बर्षिय चेतन प्रकाश बास्कोटाको शव २५ गते सुरक्षाको लागि शव कुहिएको हो । कालगतिले मृत्यु भएको दुवै जनाको आफन्त देश बाहिरबाट आउने भएपछि सुरक्षाको लागि दैनिक १५ सय रुपैया तिरेर शव गृहमा राखिएको थियो । मतृक छत्रकुमारी लिम्बूकी छोरी साहारा लिम्बू भन्छिन ‘राखेको भोलीपल्टा आमाको शव हेर्नजाँदा अस्पतालमा कोही भेटिएन, तेस्रो दिन पुग्दा सडेर नचिनिने गरी कालो भइसकेको थियो ।’

उतिवेला प्रशासन प्रमुख डा. सुनिल साहालाई फोन गर्दा आफू छुट्टीमा रहेको जानकारी दिएका थिए । साहालाई आमाको शव कुहेको बारे आपत्ति जनाएपछि फेरि परिवारलाई जानकारी नदिइ कालो प्लाष्टिकमा प्याक गरेर झापा दमकको आम्दा अस्पताल लगेको छोरी साहारा लिम्बूले बताइन । बहिनी बिदेशबाट आउने भएपछि आमाको शव सुरक्षाको लागि अस्पतालको शव गृहमा राखिएको तर लापार्बाहीको कारण उल्टै कुहाएर खतम गरिदिएको साहाराको भनाइ छ । साहारा भन्छिन ‘अस्पतालको लापार्बाहीले हामी अन्यायमा परेपनि अरुलाई यस्तो नहोस भन्ने उदेश्यले छानबिन गरी दोषिलाई कारबाही गर्नु पर्दछ ।’

छत्रकुमारीको जस्तै सुनसरी धरान—१६ को ६७ बर्षिय चेतन प्रकाश बास्कोटाको शव पनि सोही अस्पतालमा कुहेको छ । उनको छोरा बिदेशबाट आउने भएपछि धरानमा शव गृह खालि नभएको कारण मदन भण्डारी अस्पतालमा ल्याएर राखिएको थियो । छत्रकुमारीको भन्दा दुई दिन अघि ल्याइएको बास्कोटाको शव झनै क्षतविक्षद अवस्था भइसकेको थियो । मृतकको ज्वाई टेकप्रसाद अधिकारी भन्छन ‘ससुरा चिन्नै गारो पर्ने गरी षडिसकेको अवस्थामा दमक आम्दा अस्पताल लगिएको रहेछ, गएर हेर्दा शव दुर्गन्ध भइसकेको थियो ।’ आमाको शव कुहिनुको साथै शव गृहबाट बेपत्ता भएको भन्दै पीडित साहारा लिम्बूले इलाका प्रहरी कार्यालय उर्लाबारीमा निवेदन लेखि अस्पतालको प्रशासन प्रमुख डा. रबि साहा र ब्यबस्थापन समितिलाई सोधखोज गरी अनुसन्धान गर्न माग गरेकी थिइन । मृतक बास्कोटाको आफन्तले पनि सोही बेहोराको निबेदन इलाका प्रहरी कार्यालय उर्लाबारीलाई दिएका थिए ।

अस्पतालले शव गृहको मेसिन बिग्रेको कारण समस्या आएको बताए पनि पीडित पक्ष यहि कारण चित्त बुझाउने पक्षमा छैनन् । मेसिन बिग्रेको तुरुन्त जानकारी पाएको भए शव अन्तै राखिन्थ्यो । शव षडिसकेको अवस्थामा मात्र थाहा पाउनु अस्पताल प्रशासनको चरम लापार्बाही रहेको पीडित साहारा लिम्बू बताउछिन । इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काको संयोजनमा आइतबार मदन भण्डारी अस्पतालको प्रसाशन कार्यालयमा भएको छलफलमा दुबै तर्फका पीडितहरुले आक्रोस ब्यक्त गरेका थिए ।

छलफलमा अस्पतालको निमित्त प्रशासन प्रमुख डा.सुनिल अधिकारी, अस्पताल ब्याबस्थापन समितिका सदस्यहरु र पीडित पक्ष बसेका थिए । पीडित पक्षको आक्रोसपछि अस्पतालको निमित्त प्रशासन प्रमुख डा. सुनिल अधिकारीले अस्पताल र जिम्मा पाएका कर्मचारीहरुले कमजोरी गरेको स्वीकार गर्दै माफी मागेका थिए । छलफलपछि अस्पतालको लापार्बाही बारे छानबिन गर्न पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।

छलफलमा शव कुहेको कारण हालसम्म भएको खर्च मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले बेहोर्ने, पथरीशनिश्चरेको पथरीसम्म र धरानको चतरा घाटसम्म अस्पतालले बेहोर्ने र सहमति पछि पीडित पक्षले सोहार्दता पूर्ण ढंगले शव बुझने सहमति भएको छलफलमा सहभागि ठाकुरप्रसाद लिम्बूले बताए । छानबिन समिति गठन र सहमतिपछि छत्रकुमारी लिम्बूको शव आइतबार नै पीडितले जिम्मा लिएको र चेतनप्रकाश बास्कोटाको शव सोमबार दाहसस्कारको लागि चतरा लगिएको बताइएको छ ।

 

 

सम्बन्धित खवर