अपाङगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण - Nigranitimes

अपाङगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण

मंसिर १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले अपाङगता भएका व्यक्तिहरुका लागि बुधबार सहायक सामग्री वितरण गरिएको छ । नगरमा अघिल्लो आर्थिक वर्षमा छुट रहेका ४ जना अपाङगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, पथरी शनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत वडा नम्बर ५ का ३ जना र ६ का १ जनालाई ह्विचियर वितरण गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलका साथै अपाङगता पुनस्र्थापना कार्यक्रमका सहकर्ता सम्झना बर्देबा, ममता थापा र वर्षा मण्डल गौतमले सामग्री वितरण गरे ।
अनुगमन समिति संयोजक समेत रहनु भएकी उपप्रमुख वास्तोलाले हसन्दहस्थित सुगाहाट माविको पठनपाठन र कक्षा ५ सम्मका विद्यार्थीको खाजा व्यवस्थापनको अवस्थाको अनुगमन समेत गरे ।

सम्बन्धित खवर