तेक्वाण्डोमा कानेपोखरीले फड्को मार्दै, आज देखी कालो वेल्टको ग्रेडिङ हुर्दै - Nigranitimes

तेक्वाण्डोमा कानेपोखरीले फड्को मार्दै, आज देखी कालो वेल्टको ग्रेडिङ हुर्दै

मंसिर १७ गते, पथरी, मोरङ । १ नम्बर प्रदेशमै उत्कृष्ट डोजाङ्गको पुरस्कार भखरै प्राप्त गरेका कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले आज देखी प्रदेश स्तरीय कालो बेल्टको सेमिनार तथा ग्रेडिङ् गर्दैछ ।

शुक्रबार मोरङको कानेपोखरी –६, स्थित रमाइलो साकोसको सभाहलमा आज र भोली हुने भएको हो । प्याटन तर्फ कालो बेल्ट वान–डन, टु–डन र थ्री–डनको सेमिनार तथा ग्रेडिङ हुने कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गलका अध्यक्ष युवराज भुजेलले बताए ।

दुई दिन चल्ने सेमिनार तथा ग्रेडिङ्मा जिल्ला बाहिरबाट ५० जना र भित्रबाट ५० जना गरी जम्मा १ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । कानेपोखरीबाट मात्र कालो बेल्ट प्राप्त ४ जना रहेको छ । सेमिनार तथा ग्रेडिङ्मा प्याटन तर्फ किक र फिजुकल चेक हुने छ ।

कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गद्धारा एक महिना अघि प्रदेश स्तरीय महिला र पुरुषको तौल समूहमा इस्पारिङ र प्याटनतर्फको प्रतियोगिता सम्पन्न गर्दै प्रदेशमै पहिलो बनेका थिए ।

सम्बन्धित खवर