६ नम्बर वडा बृहत स्वास्थ्य शिविर सम्पन्न - Nigranitimes

६ नम्बर वडा बृहत स्वास्थ्य शिविर सम्पन्न

पुस ८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ६ ले निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

विहिबार विहिबारेमा ६ नम्बर वडाको आयोजना र बिराट मेडिकल कलेज टिचिङ अस्पतालको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा वडाका १६० जनाले स्वास्थ्य जाँच गराएका थिए । जसमध्ये ७८ जनाले भिडियो एक्स रे सेवा पनि पाएका गाउँपालिका स्वास्थ्य शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

स्वास्थ्य शिविर औपचारीक कार्यक्रम गरी सुरु गरेको थियो । वडाध्यक्ष खड्गबहादुर बस्नेतको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष राजमती इङनाम प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विशिष्ट अतिथि कृष्ण राज कडेल, अतिथिहरु, स्वास्थ्य शाखा संयोजक राजभण्डारी, वडा सदस्यहरु लगाएत रहेका थिए ।

सम्बन्धित खवर