नगरको विकासमा बैंकको भूमिका महत्वपूर्ण हुन्छ : उपप्रमुख वास्तोला - Nigranitimes

नगरको विकासमा बैंकको भूमिका महत्वपूर्ण हुन्छ : उपप्रमुख वास्तोला

पुस १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा बैंकहरुको बृद्धिले नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

सोमबार पथरी बजारमा रहेको मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय उद्घाटनको क्रममा उपप्रमुख वास्तोलाले सो कुरा बताएकी हुन । उनीले बैंकमा मुस्कान सहितको सेवा प्रवाह गर्न समेत अनुरोध पनि गरे । सो अवसरमा, नगरका उपसचिव शालिग्राम काफ्ले, समाजसेवी माधव कोइराला सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बैंकको १६ औं स्थापन दिवशका अवसरमा उद्घाटन गरी पथरी शाखा १ सय ३५ औं शाखा रहेको बताएका छन् ।

मुक्तिनाथ विकास बैंकले पथरीशनिश्चरेमा स्थापनाको छोटो समयमै १ हजार २ सय भन्दा बढी खाताहरु खोलेर आर्थिक कारोबार संचालन गरिरहेको बैकका शाखा प्रमुख अर्जुन राईले बताए । उनका अनुसार बंैकले सेवाग्राहीहरुलाई मध्यनजर ६.५ प्रतिशत व्याजदरमा समृद्धि बचत खाता, १० हजार न्यूनतम मौज्दात रहने गरीको ५० हजार सम्मको औषधि र १० लाख सम्मको दुर्घटना विमा सुविधा रहेको खाता र क्रमित बचतमा १ हजार न्युनतम बैक मौज्दात रहने गरी १ देखि १० वर्ष सम्मका लागि चक्रीय व्याजदरमा १०.२ प्रतिशत आर्कषक व्याजदर भुक्तानी गर्ने वीमा सहितका बंैक खाताहरु पनि संचालनमा ल्याएको जानकारी गराए ।

साथै इन्टरनेट बैङकिङ, मोबाइल बैङकिङ, डिम्याट एटिम सेवा र डेविट कार्डको पनि सेवा संचालन गरिरहेको बैंकले जनाएको छ ।

सम्बन्धित खवर