बेपता भएको ४ दिन पछि कानेपोखरीको जंगलमा भेटियो धिमालको शव - Nigranitimes

बेपता भएको ४ दिन पछि कानेपोखरीको जंगलमा भेटियो धिमालको शव

पुस २० गते, पथरी । मोरङको कानेपोखरी स्थित जनजागृती सामुदायिक वन क्षेत्रको जंगलमा एक पुरुषको शव फेला परेको छ ।

कानेपोखरी –४, स्थित धम्कुवा निवासी ६६ बर्षीय मातृका धिमाललको शव कानेपोखरी–लेटाङ सडकदेखी ५० मिटर पश्चिम जंगलको विचमा मंगलबार अपरान्ह् ४ बजे भेटिएको हो । बेपता भएको ससुरा मातृकालाई खोज्ने क्रममा आफ्नै बुहारी रिता धिमालले ४ दिन पछि मृत अवस्थामा भेटेको थियो । आफ्ना ससुराको शव भेटेपछि अस्थाई प्रहरी चौकी कानेपोखरीलाई खबर गरेपछि पोष्टमार्टमको लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको असई छत्र श्रेष्ठले बताइन् ।

मृतक धिमाल गत पुस १६ गतेदेखी बेपता भएको थियो । उनी कानेपोखरी जंगलमा घास र दाउरा लिन जंगल जान्छु भनेर घरबाट निस्कीएको बुहारी रिता धिमालले बताइन् । १६ गते बेलुका घर नआएपछि खोजीकार्य भैरहेको थियो ।

घटना स्थलमा साईकल, काटेको दाउरा र दाउरा काट्ने हतियार फेला परेको प्रहरीले बताएको छ । शव ताजा नै भएकोले कहिले मृत्यु भएको भन्ने बारेमा अनुमान गर्न नसकिएको र घटनाको अनुसन्धान भईरहेको असई श्रेष्ठले बताइन ।

सम्बन्धित खवर