कालोपत्रे गरेको भोलि पल्टै उक्किए पछि स्थानीय आक्रोश - Nigranitimes

कालोपत्रे गरेको भोलि पल्टै उक्किए पछि स्थानीय आक्रोश


पुस २४ गते, रमाइलो, मोरङ । मोरङको कानेपोखरी–६, स्थित पौडेल चौकदेखि खड्ग श्रेष्ठको घर सम्मको कृषी सडक निर्माण कम्पनीले कालोपत्रे गरेको भोलि पल्टै उप्किएको छ ।

शुक्रबार साझ गरेको कालोपत्रे शनिबार विहान खड्ग श्रेष्ठको घर अगाडी निर्माणमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले उप्काउँदै विरोध गरेका थिए । निर्माण कम्पनी रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले तत्काल पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको छ ।

सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानिय बताउँछन् । अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको स्थानियको भनाई छ ।

पिच सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले कालोपत्रे गरिएको २४ घण्टा बित्न नपाउदै उप्किएको स्थानियले बताए । स्थानयले गुणस्तरीय कमहुन्छ उज्यालोमा गर्दा राम्रो हुने भनेका थिए । तर, निमार्ण कम्पनीले हतारमा काम गर्दा अहिले आएर पिच गरिएको सडकको कालोपत्रे सजिलै उप्किएको स्थानीय बताउँछन् ।

मापदण्ड, गुणस्तरीय काम हुनु पर्ने र उप्किएको ठाउँमा पुन कालोपत्रे गर्नुपर्ने स्थानीयले माग गरेको छ । कानेपोखरी गाउँपालिका इन्जिनियर रन्जन निरौलाले गुणस्तरीहन काम भएको ठाउँमा ठेक्कदारले पुनः निर्माण गर्नुपर्ने बताए । ‘पिच सडक निर्माणको क्रममा खराबी आएको ठाउँमा भत्काएर पुनः पिच गरिनुपर्दछ । त्यो काम ठेक्दारले गर्दछ,’ उनले भने ।

यसअघि पनि खराबी आएको ठाउँमा ठेक्कदरले भत्काएर पुनः निर्माण गरेको उनले बताए । सडक निर्माणको काम सम्पन्न भएर ठेक्केदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः र्ममतको काम हुने उनले बताए ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर बिमल निरौलाले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोगले पनि कहिलेकाही समस्या आउने गरेको बताए । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिए सुधार गर्ने उनले बताए ।

पौडेल चौकदेखि पिङडाडासम्म १.७ किलोमिटर पिच सडक निर्माण गर्ने ठेक्का ९६ लाख ४६ हजार रुपैयाँमा मोरङको रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले पाएको हो ।

संघिय सरकारबाट आएको अनुदान र कानेपोखरीको गाउँपालिको बजेटमा उक्त सडक निर्माण भएको हो । सम्झौता अनुसार निमार्ण कम्पनीले ३० एमएमको मोटाइ अर्थात तीन सेन्ट्रिमिटर पिच र चौडाइ ५ मिटर गरिनुपर्ने सम्झौतामा उल्लेखछ ।

सम्बन्धित खवर