दुर्व्यसनी मुक्त समाज निर्माणमा पथरीशनिश्चरे नगरका दुई युवा - Nigranitimes

दुर्व्यसनी मुक्त समाज निर्माणमा पथरीशनिश्चरे नगरका दुई युवा

माघ ८ गते, पथरी । दुर्व्यसनीमा फसेका स्थानीय युवाहरुलाई दुर्व्यसनी मुक्त बनाई समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन पथरीशनिश्चरे नगरका दुई युवाले सुधार केन्द्र सुरु गरेका छन् ।

पथरीशनिश्चरे–९ का विपिन गुरुङ र वडा नम्बर १ का मौसम लिम्बुले सपोर्ट पुर्नस्थापना केन्द्र स्थापना गरी दुर्व्यसनीमा फसेका स्थानीय युवाहरुलाई दुर्व्यसनी मुक्त गराउने उदेश्यका साथ अभियान सुरु गरेको हो । उनिहरुले वडा नम्बर ७ को मिलन चोकमा मंसिर १ गतेबाट सुरु गरेका छन् ।

उनिहरुले सुरु गरेकै दिन देखी अहिले सम्म २४ जनाले उपचार तथा परामर्शको लागि सपोर्ट पुर्नस्थापना केन्द्रमा आएर सेवा लिदै छन् । जस मध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् । उनिहरु दुई महिना सम्म फलोअपमा(सम्पर्क)मा ल्याउने गरेको केन्द्र संचालक अध्यक्ष विपिन गुरुङले बताए ।

पुर्नस्थापना केन्द्रमा बस्नेको विहान ६ बजेदेखी बेलुकी ८ बसेसम्म समय तालिका हुन्छ, त्यही समय तालिका अनुसार उनिहरुको दिन वित्ने गरेको छ । एक महिना पुगेपछि परिवारलाई भेटाई दिने र परिवारलाई पनि परामर्श दिने गरेका अर्का संचालक मौसम लिम्बुले बताए ।

सुधार केन्द्रमा ल्याएको युवाहरुलाई कुट्ने काम भन्दा पनि परामर्शबाट समस्या समाधान गर्दै आएको र सुरक्षाको लागि उनिहरु बस्ने कोठा देखी लिएर भवन वरिपरी ८ वटा सिसि क्यामेराको व्यवस्था गरेको छ । उनिहरुले सपोर्ट पुर्नस्थापना केन्द्रमा परामर्शको लागि ४ जना सहजकर्ता राखेका छन् । परामर्शकर्ता लक्ष्मण गुरुङ, प्रतिमा गुरुङ, टिकाराम सिग्देल र पालतेन शेर्पाले दैनिक परामर्श सेवा दिदै आएका छन् । उपचारमा आएका दुव्र्यसनीहरुलाई महिनामा एक पटक डाक्टरको चेकजाँच गरिने गरेको अध्यक्ष गुरुङले बताए ।

उनिहरुले २८ लाखमा सपोर्ट पुर्नस्थापना केन्द्र(सुधार केन्द्र) सुरु गरेका हुन । आर्थिक आर्जन भन्दा पनि सामाजिक न्यायसहितको सभ्य समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन यस तर्फ लागेको संचालक विपिन गुरुङ बताउँछन् । दुव्र्यसनीमा फसेका युवाहरुको परामर्श तथा उपचारको लागि केन्द्रले तीन महिनाको ५० हजार र डेढ महिनाको ३५ हजार लिने गरेका छन् । डेढ महिना चाही पहिला केन्द्रबाट उपचार पछि घर गएका तर फेरी पनि उपचार तथा परामर्श गर्नुपरेमा लाग्ने खर्च रहेको संचालक बताउँछन् । दुव्र्यसनीमा फसेका युवाहरु छन्, उ गरिव छ, तर अभिभावकले सुधार गर्न चाहान्छ भने केन्द्रले त्यस्ता व्यक्तिलाई निःशुल्क पनि सेवा दिने बताए । १७ बर्ष देखी ६० बर्ष सम्मका उमेर समूहलाई सुधार केन्द्रमा राख्ने गरेका छन् ।

पुर्नस्थापना केन्द्र संचालक विपिन गुरुङ र मौसम लिम्बु पनि यस अघि दुव्र्यसनीमा फसेका युवाहरु हुन । सुुधार केन्द्रमा तीन महिना बसी उपचार पछि उनीहरु दुवै जना सुधार भएका बताउँछन् । दुवैजनाले यस अघि एलाइभ फाउण्डेसन पथरी बजारमा संचालन गरी कुलतमा फसेकाहरुलाई परामर्श दिदै आएका थिए । अहिले पनि पथरीको विजुली अफिस छेउमा एलाइभ फाउण्डेसनको कार्यालय रहेको र त्यहाँबाट पनि परार्श दिदै आएको संचालक विपिन गुरुङ बताउँछन् । समाजका कुलतमा फसेका युवाहरुलाई सुधार गरी समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन यो केन्द्र सुरु गरेको संचालक बताउँछन् ।

 

 

सम्बन्धित खवर