सहकारी संस्थाको सघन अनुगमन - Nigranitimes

सहकारी संस्थाको सघन अनुगमन

माघ १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे – ५ को सहकारी संस्थाको सघन अनुगमन गरिएको छ । बुधबार नगरस्थित सहकारी शाखाले अनुगमन् गरेको हो ।

प्रदेश सहकारी रजिष्टारको कार्यालयले उपलब्ध गराएको सघन अनुगमनको फर्मेट अनुसार नगरको नियमन क्षेत्राधिकारभित्रका ५ सहकारीको त्यस प्रकारको अनुगमन गरिएको थियो । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, सहकारी शाखा प्रमुख केशवदेवी धमला, आन्तरिक लेखा परीक्षण अधिकृत सरोज भट्ट सहित सम्बन्धित वडाका प्रतिनिधिहरुको सहभागितामा अनुगमन गरिएको छ ।

वडा नम्बर १ को शंकर वचत, नवसृजना वचत, २ को देवीगञ्ज वचत, ८ को सिद्धेश्वर वचत र ९ को गृहलक्ष्मी महिला वचत सहकारी संस्थाको अनुगमन भएको हो । अनुगमनमार्फत पल्र्स विश्लेषण गर्दा सवैभन्दा बढी ( ४७.१२ अंक) गृहलक्ष्मी महिला वचतले प्राप्त गरेको छ ।

अन्यको कम्तिमा ३० अंक रही साधारणस्तरमा परेको छ । सवै सहकारीको पल्र्स विश्लेषणको अंकमा सुधार गर्न अनुगमन टोलीले सुझाव दिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले बताए ।

सम्बन्धित खवर