घाँस तथा कुटी काट्ने च्यापकटर र दाना पिस्ने मेसिन वितरण - Nigranitimes

घाँस तथा कुटी काट्ने च्यापकटर र दाना पिस्ने मेसिन वितरण

फागुन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले आज नगरका व्यवसायिक कृषि फर्मका लागि ५० प्रतिशत अनुदानमा घाँस तथा कुटी काट्ने च्यापकटर र दाना पिस्ने मेसिन वितरण गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पशुपंक्षी शाखाका प्राविधिक पर्वत साह सहितले ३० हजार रुपैयाँ दरका १३ वटा च्यापकटर र सरदर २५ हजार रुपैयाँ दरका दाना पिस्ने मेसिन ८ वटा वितरण गरेको हो ।

ती सामग्री प्राप्त गरेपछि नगरले व्यवसायिक प्रवद्र्धनमा सहयोग पुर्याएकोमा कृषकहरुले खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित खवर