मिक्लाजुङ्गमा साँगीतिक कार्यक्रम हुदै, गायिका रचना रिमाल आउर्दै - Nigranitimes

मिक्लाजुङ्गमा साँगीतिक कार्यक्रम हुदै, गायिका रचना रिमाल आउर्दै

चैत १ गते, मिक्लाजुङ । मोरङ मिक्लाजुङ गाउँपालिकाको साँगीतिक कार्यक्रममा गायिका रचना रिमाल आउने भएका छन् ।

मिक्लाजुङ – ५ मा ‘लागु औसध विरुद्ध युवाहरुको अभियान’ भन्ने मूल नाराका साथ मिक्लाजुङ साँगीतिक कार्यक्रम २०७८ को लागि आउने भएको हो । उनिसँगै गायक नन्दु गुरुङ्ग, डान्सर रिया लामा, भुपु ब्यान्ड जाँते, स्थानीय गायक मिलन देवान र मिलन ढकालको पनि बेजोड प्रस्तुती रहने आयोजक समितीका अध्यक्ष लङसिङ श्रेष्ठले बताएका छन् ।

युवा बर्गलाई लक्ष्यित गर्दै चरम दुर्ब्यसनीमा उन्मुख रहेका युवालाई सचेत गराउने उद्देश्यले मिक्लाजुङ युवा समुह मिक्लाजुङ्ग ४, ५ र ६ को आयोजनामा यहि चैत्र ३० गते बुधबार मिक्लाजुङ ५ सिंहदेवी आधारभूत बिद्यालयको प्राङ्गणमा सो कार्यक्रम गरिने भएको हो ।

सम्बन्धित खवर