ढाका बुन्ने ८ वटा ढाकातान वितरण - Nigranitimes

ढाका बुन्ने ८ वटा ढाकातान वितरण

 

चैत १३ गते, पथरी । मोरङ पथरीशनिश्चरे –८ मा महिला लक्षित कार्यक्रम अन्तर्गत संचालित २ महिने ढाकातान तालिम तथा तान वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नुमाफुङ महिला समूहले आयोजना गरेको थियो । कार्यक्रममा नगर उपप्रमुख यमुना बिष्ट बास्तोला सहित कार्यपालिका सदस्य गीता विश्वकर्मा, युवा समाजसेवी नवीनजङ्ग कार्की सहितले ढाका बुन्ने ८ वटा तान वितरण गरेका थिए ।
वडा भित्रका २५ जनाले ढाकाको टोपी, सारी, लुङ्गी, गलबन्दी, लेहेङ्गा लगायत बुन्ने तालिम लिएका थिए ।

सम्बन्धित खवर