टाइब्रेकरमा कानेपोखरीलाई हराउँदै द रियल ब्रदर्श सेमिफाइनलमा - Nigranitimes

टाइब्रेकरमा कानेपोखरीलाई हराउँदै द रियल ब्रदर्श सेमिफाइनलमा

सनम रोक्का

चैत २५ गते, पथरी । मोरङको सुनवर्षी –१ स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा द रियल ब्रदर्श सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा कानेपोखरी एफसीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै द रियल ब्रदर्शले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले निकै राम्रा अवसरहरु पाएपनि गोल गर्न भने सकेनन् । खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको म्यान अफ दि म्याच विजेता टिमका गोलरक्षक दिपहाङ लिम्बू घोषित भए । उनले नगद २५ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे ।

भोली क्वाटरफाइनल दोश्रो खेल केराबारी एफसी र टेन नवोदय पथरीशनिश्चरे बिचमा हुनेछ । केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।

विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट कोचलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर