सुनवर्षी अन्तरपलिका फुटबल : गोर्खालीलाई हराउर्दै टेन नवोदय फाइनलमा प्रवेश - Nigranitimes

सुनवर्षी अन्तरपलिका फुटबल : गोर्खालीलाई हराउर्दै टेन नवोदय फाइनलमा प्रवेश

फोटो पिएलटिभी

सनम रोक्का

चैत २९ गते, केचना । मोरङको सुनवर्षी –१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा टेन नवोदय पुगेको छ ।

सोमबार भएको खेलमा गोर्खाली युनाइटेड रतुवामाइलाई शून्यको विरुद्ध २ गोल अन्तरले पराजित गर्दै टेन नवोदय फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसरहरु प्राप्त गरेपनि गोलमा परिणत भने गर्न सकेनन् ।

दोस्रो हाफको ४० औं मिनेटमा टेन नवोदय तर्फ १ गोल प्राप्त गरे । गोर्खाली युनाइटेडका विशाल राईले ब्याक पास गर्दा गोलकिपर सन्तोष तामाङको हातबाट बल फुत्किएर आत्माघाती गोल भएको थियो । त्यस्तै, खेलको ४६ औं मिनेटमा टेन नवोदयका सनम धिमालले हेडमार्फत उत्कृष्ट दोश्रो गोल गरे ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनले २५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

फाइनल खेल चैत्र ३० गते डाँगिहाट फुटबल क्लब र टेन नवोदयका बिच हुने छ । आज नियमितको खेल सञ्चालन नभए पछि मैत्रीपुर्ण महिला फुटबल खेल हुने केचना फुटबल क्लबका अध्यक्ष जगराज लिम्बूले बताए ।

प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।

विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट कोचलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

सम्बन्धित खवर