कानेपोखरीमा पदभार र सपथग्रहण कार्यक्रम सम्पन्न - Nigranitimes

कानेपोखरीमा पदभार र सपथग्रहण कार्यक्रम सम्पन्न

जेठ १० गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकामा पदभार र सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको सपथग्रहण सँगै पदभारग्रहण भएको हो ।

सोमबार पालिका अध्यक्ष राजमती इङ्नामले उपाध्यक्ष भोला अधिकारी सहित ७ वटै वडाका ३६ जना जनप्रतिनिधिहरुलाई सपथग्रहण गराएका थिए । त्यसैगरी निवर्तमान पदाधिकारीहरुको विदाई गरिएको थियो ।

निवर्तमान गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले लगाएतले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेका थिए । नवनिर्वाचित समितिले निवर्तमान पदाधिकारीहरुलाई कदरपत्र प्रदान गरी कामको प्रशंसा गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष धिमिरेले पनि शुभकामना व्यक्त गरेका थिए ।

 

सम्बन्धित खवर