श्रेष्ठको हत्याको आरोपमा तीन जना पक्राउ - Nigranitimes

श्रेष्ठको हत्याको आरोपमा तीन जना पक्राउ

जेठ १५ गते, कानेपोखरी । मोरङ कटहरी गाउँपालिका –१ स्थित बितु माझीको खेतमा वडा नं.–२ बस्ने ५० बर्षिय तुलसी श्रेष्ठको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका –३ बस्ने बर्ष २८ को नितेश राजबंशी, कटहरी गाउँपालिका १ बस्ने बर्ष ३३ को रविन भुजेल र बर्ष २९ को कपिल माझी रहेका छन् । हत्यामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज विहान पक्राउ गरेको थियो ।

शनिबार राती १०ः३० बजेको समयमा आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी हत्या गरी तीन जना फरार भएका थिए । उनीहरुको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर