ब्राउन सुगर सहित अमृत लिम्बु पक्राउ - Nigranitimes

ब्राउन सुगर सहित अमृत लिम्बु पक्राउ

साउन ६ गते, पथरी । मोरङ पथरीशनिश्चरे–४ बस्ने अमृत लिम्बुलाई लागुऔष सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीको टोलीले २१ बर्षिय लिम्बुलाई बुधबार बेलुका ७ बजे सोमबारे चोकबाट पक्राउ गरेको हो । प्रहरीको टोलीले शंका गरेर चेकजाँच गर्दा उनिको साथबाट ब्राउ सुगर जस्तो देखीने धुलो पदार्थ २ ग्राम ५ सय मिलिग्राम र प्रतिवन्धित औषधि स्पसपेन ९७ चक्की र प्रमोल ९० चक्की फेला पारेको थियो ।

पक्राउ परेको लिम्बुको अनुसन्धान भईरहेको इप्रमा पथरीका डिएसपी बेद प्रसाद गौतमले बताए । यस अघि ब्राउन सुगर सहित इप्रकाले पक्राउ गरेका ५ जना युवाहरुलाई सार्वजनिक गरेका थिए ।

 

सम्बन्धित खवर