मोरङ सहकारीमा स्वास्थ्य बिमा कार्यक्रम सुरू - Nigranitimes

मोरङ सहकारीमा स्वास्थ्य बिमा कार्यक्रम सुरू

साउन १६ गते, विराटनगर । विराटनगरका केही मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहेको अवस्थामा मोरङ सहकारी हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेको छ ।

विराटनगर – २ शंकरपुर सोमबारेहाटमा आफनै भवनबाट अस्पतालले आइतबारबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभराम्भ गरेको हो ।

एक सय शैय्याको जेनेरल हस्पिटलमा सम्पूर्ण स्वास्थ्य सेवाहरू रहेको छ । आर्थिक अवस्था नाजुक भएका घर परिवारहरूलाई लक्षित गरि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको अस्पतालका संचालक बिकास अधिकारीले बताए ।

‘मोरङ सहकारी हस्पिटल सहकारी अन्तर्गतको अस्पताल पनि हो । त्यही भएर पनि आर्थिक विपन्न परिवारलाई लक्षित गर् िहामीले स्वास्थय बिमा कार्यक्रमको शुभारम्भ गरेका हौं,’ उनले भने, ‘स्वास्थ्य बिमा गरेका विरामीले अब बिमाबाट पनि उपचार गर्न सक्नेछन् ।’

 

सम्बन्धित खवर