प्रिमियर क्रिकेट लिग : मंगलवारे लिजेण्ड ९ विकेटले विजयी - Nigranitimes

प्रिमियर क्रिकेट लिग : मंगलवारे लिजेण्ड ९ विकेटले विजयी

सोज २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी तेस्रो पथरीशनिश्चरे नगर स्तरीय प्रिमियर क्रिकेट लिग प्रतियोगितामा मंगलवारे लिजेण्ड ९ विकेटले विजयी भएका छन् ।

आइतवारे अस्त्रलाई ९ विकेटले पराजित गर्दै मंगलवारे लिजेण्डले तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको हो । आइतवार पथरी रंगशालामा भएको खेलमा आइतवारे अस्त्रले दिएको १२९ रनको लक्ष्यलाई सहजै पुरा गर्दै मंगलवारेले जित दर्ता गरेको हो ।

आइतवारेले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १२८ रन वनायो । आइतवारेका लागि आर्दश कार्कीले ३८ रन, द्रोर्ण जंग वस्नेतले २५ र आर्मश राईले १० रन वनाउन वाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोडन सकेनन् । आइतवारेलाई मध्यम योगफलमा समेटने क्रममा मंगलवारेका लागि योगेश श्रेष्ठले ३ विकेट राकेश दाहालले २ अभिषेक विकले र निशान थोप्राले १ विकेट लिन सफल भए ।

जवाफि व्याटिङ गरेको मंगलवारेले १६ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो । मंगलवारेका योगेश श्रेष्ठले ६ छक्का र ५ चौका सहित ७२ रन र निशान थोप्राको ४९ रनको मद्धतले खेल आफ्नो पक्षमा पा¥यो । ४९ रनमा आउट भएका थाप्रोको स्थानमा आएका दिपक राईले ८ रन वनाए । आइतवारेका द्रोणजंग थापाले १ विकेट लिए । ३ विकेट सहित ७२ रन जोडेका योगेश म्यान अफ दि म्याच घोषित भए ।

सोमवारको पहिलो खेल वुद्ध युनाइटेड र विरेन्द्रनगर स्टिल टाइगर विच हुने छ भने दोश्रो खेल आइतवारे अस्त्र र हिसाव किताव टाइडे«स विच हुने आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर