जंगलमा रातारात कालोपत्रे गरेपछि स्थानीयको अवरोध - Nigranitimes

जंगलमा रातारात कालोपत्रे गरेपछि स्थानीयको अवरोध

कार्तिक १ गते, कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका –७ स्थित कृषि सडक(विहिबारे–हरकपुर) अन्तरगत उत्तर जंगलको सडकमा सडक ठेकेदारले रातारात कालोपत्रे गरेपछि त्यहाँको काममा रोक लगाईएको छ ।

सोमबार साँझ देखी कालोपत्रे गर्न सुरु गरेको सडकमा गाउँपालिका उपाध्यक्ष भोला अधिकारी अनुगमन गर्ने क्रममा सडकमा प्राइमकोट(पिचगर्नु भन्दा अगाडी लगाउने) पातलो लगाएर गिटी र धुलोमै कालोपत्रे गर्न थालेपछि काम गर्न रोक लगाएको थियो । पालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, इन्जिनियर रञ्जन निरौला र अन्य प्राविधिको अनुगमनमा पछि राती काम नर्गन निर्देशन दिएका थिए । काम नर्गन भनेर घर फर्के पछि पनि काम गरिरहेको सूचना आएपछि उपाध्यक्ष अधिकारी ९ बजे राती बजे कालो पत्रे गर्ने स्थानमा पुगेर राती काम रोकेका थिए ।

रातको १० बजे तिर काम रोकेपनि गाउँपालिकाको निर्देशन अटेर गरेर प्राविधिक विना बाँकी कालोपत्रे गर्न थालेपछि स्थानीयहरु भेला भएर आक्रोशित हुर्दै अवरोध गरेका थिए । सो सडकको आर्थिक बर्ष २०७८÷०७९ मा ठेक्का लागेर साही आर्थिक बर्षमै सक्नु पर्ने थियो । यस अघि पनि वेस हाल्दा स्टीमेट अनुसार काम नभएको स्थानीय सन्तोष उप्रेतीले निगरानी टाइम्सलाई बताए ।

उनिहरुले सडकमा धुलो र गिटी देखीने प्राइमकोट लगाएर त्यही माथी टिफर कुदाएपछि भित्रको ढङ्गा बाहिर निस्कीएको थियो । ठेकेदारको निर्देशनमा कामदारहरुले त्यही धुलो र गिटीमा जवरजस्ती कालोपत्रे गर्न खोज्दा स्थानीयहरुले रोकेका थिए ।

सम्बन्धित खवर