प्रदेश १ मा आईटिएफ टेक्वाण्डोलाई ३ स्वर्ण, २ रजत र ५ कास्य पदक - Nigranitimes

प्रदेश १ मा आईटिएफ टेक्वाण्डोलाई ३ स्वर्ण, २ रजत र ५ कास्य पदक

कार्तिक ५ गते, कानेपोखरी । नवौँ राष्ट्रिय खेलकुदमा आईटिएफ टेक्वाण्डो प्रदेश नंं १ ले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गरेका छ्न ।

पोखरामा बिहीबार सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ टेक्वाण्डो प्रदेश नंं १ बाट २५० जना सहभागीमा १० जनाले पदक हासिल गरेको हो । त्यस्तै विभिन्न खेलहरुबाट १० स्वर्ण, २३ रजत र ५० कास्य पदक गरी जम्मा प्रदेश १ ले ८३ पदक ल्याएर छैटौं भएको प्रदेश १ खेलकुद बिकास बोर्डका दस्यसचिव हंशराज वाग्लेले जनाएको छ ।

आईटिएफ तेक्वान्दो
आईटिएफ तेक्वान्दो खेलमा प्रदेश १ बाट तीन वटा स्वर्ण पदक जितेको छ । (५१–५५ तौल समूह)मोरङका कुसुम राजबंसि, (७१–७५ तौल समूह) झापाका रोसन मगर, र (८१–८५ तौल समूह) भोजपुरका वीर बहादुर तामाङले स्वर्ण पदक जितेका हुन् ।

त्यसैगरी आईटिएफ तेक्वान्दो खेलमा प्रदेश १ बाट दुईवटा रजत पदक जितेका छन् । (४६–५० तौल समूह) कोरङ कानेपोखरीका ईन्दिरा थापा, (५६–६० तौल समूह) भोजपुरका सजिना तामाङ रहेका छन् ।

त्यसैगरी आईटिएफ टेक्वाण्डो खेलमा प्रदेश १ बाट ५ जनाले कास्य पदक ल्याउएका छन् । (६१–६५ तौल समूह) मोरङका नितेश खवास, (६६–७० तौल समूह) सुनसरीका हिरादन राई, (७६–८० तौल समूह) भोजपुरका दिलन राई र (८५–८० तौल समूह) भोजपुरका सदिप तामाङ रहेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो मार्सल आटका केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख प्रविण कुमार कार्कीले जानकारी दिए ।

यसअघि, आठौं खेलकुदमा ९ स्वर्णसहित ८७ पदक जोडेर सातौं स्थानमा रहेको प्रदेश १ यसपटक १० स्वर्णसहित ८३ पदकसहित छैटौं स्थानमा उक्लिएको छ । पदक तालिकाको छैटोस्थानमा उक्लिएको प्रदेश १ ले सुदूरपश्चिम प्रदेश, एनआरएनए, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलाई पछाडि राखेको छ ।

पहिलोस्थानमा रहेको त्रिभुवन आर्मी क्लबले १७२ स्वर्ण, १०९ रजत र ८९ कास्यसहित कुल ३७० पदक जोडेर पहिलो स्थानमा छ । यससँगै नवौं राष्ट्रिय खेलकुदलाई बिदाई गर्दै २०८१ सालमा कर्णाली प्रदेशले १० औँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्ने भएको छ ।

प्रदेश १ को सहभागिता सन्तोषजनक रहेको प्रदेश १ खेलकुद बिकास बोर्डले जनाएको छ । बोर्डका सदस्यसचिव हंशराज वाग्लेले विभिन्न आरोह अवरोहका बाबजुद खेलमा खेलाडीको प्रदर्शन र टोली पदक तालिकाको छैटो स्थानमा रहनु सन्तोषजनक रहेकोे बताए ।

 

सम्बन्धित खवर