कानेपोखरीबाट चोरी भएको स्कुटर सहित युवा पक्राउ - Nigranitimes

कानेपोखरीबाट चोरी भएको स्कुटर सहित युवा पक्राउ

पथरी । इलाका प्रहरी कार्यालय पथरीले ग्यारेजबाट चोरी भएको स्कुटर सहित एकजना युवालाई पक्राउ गरेको छ ।

स्कुटर चोरीको आरोपमा मोरङको रंगेली नपा ८ का अनुव बस्नेतलाई कार्तिक १४ गते प्रहरीले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । बस्नेतले कानेपोखरी ७ मा रहेको सन्तोष उदासको ग्यारेज अगाडि पार्किङ गरी राखिएको प्र. १–०२–०३ प. ९४५१ नम्बर टिभिएस कम्पनीको स्कुटर कात्तिक १३ गते चोरी गरेका थिए ।

स्कुटर चोरी भएको भन्ने खबर प्रहरीलाई गरेपछि इप्रका पथरीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई स्कुटर सहित रंगेली ७ बाट पक्राउ गरेको थियो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित खवर