लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान कानेपोखरीको विभिन्न वडामा हुँदै - Nigranitimes

लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान कानेपोखरीको विभिन्न वडामा हुँदै

राजकुमारी तामाङ

कानेपोखरी । ३१ औं अन्तर्राष्ट्रिय लैङ्िगक हिंसा बिरुद्धको १६ दिने अभियान कानेपोखरी गाउँपालिकाको बिभिन्न वडामा भई रहेको छ ।

कानेपोखरीका ७ वटा वडामा हुने कार्यक्रममा आइतबार वडा नं. ३ स्थित राजगन ऋषिदेव बस्तीमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले महिलाका ऐन कानुन, नीति नियम, अधिकार, न्याय महिला स्वास्थ लैङ्िगक हिसा सम्बन्धी बिबिध विषयमा जानकारी दिएका थिए ।

स्वागत मन्तव्य अनारवती ऋषिदेव, कार्यक्रमको अध्यक्षता सरस्वती काफ्लेले र कार्यक्रम संचालन मुना श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा खेम कुमारी दाहाल, इन्दिरा राजवन्शी, खिना दाहालले बोलेकी थिइन् । कार्यक्रममा टंकेश्वरी याख्खा,खिना दाहाल, इश्ववरा जोगि, रेजिना ठकुरी, यसोधा लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

कानेपोखरी गाउपालिकाको आयोजनामा भएको कार्यक्रम मंसिर २४ गते सम्म विभिन्न वडामा हुने छ ।

सम्बन्धित खवर