प्रतिभा पहिचान प्रतियोगितामा माउण्ट हर्मेनको ५ विद्यामा पुरस्कार - Nigranitimes

प्रतिभा पहिचान प्रतियोगितामा माउण्ट हर्मेनको ५ विद्यामा पुरस्कार

पुस १३ गते, कानेपोखरी । नेशनल प्याब्सन मोरङद्वारा आयोजित प्रतिभा पहिचान कार्यक्रम ०७९ मा कानेपोखरीको माउण्ट हर्मेन चिल्ड्रेन एकेडेमी स्कुलले विभिन्न विद्यामा पुरस्कार जितेका छन् ।

शनिबार सुन्दरहरैचास्थित जेसिज भवनमा सम्पन्न प्रतियोगितामा माउण्ट हर्मेन स्कुलबाट हस्तलेखन नेपालीमा प्रथम कक्षा ८ की मूना श्रेष्ठ, अंग्रेजीमा कक्षा ८ की विना तामाङ, माटो कला प्रतियोगितामा प्रथम कक्षा ९ की आयुसा तामाङ र सुम्निमा न्यौपाने, कक्षा ८ का गोपि शाह र रोमदिप भट्टराई भएका छन् ।

त्यसैगरी विज्ञान प्रद्धर्शनीमा द्धितीय कक्षा ९ का अंकित राई, हेमचन्द्र अधिकारी, सुजन थापा, आर्यन बुढाथोकी र आयुष थापा रहेका छन् । त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ का आयुष कार्की द्धितीय भएका छन् ।

त्यस्तै पुस ८ गते एन प्याब्सन पालिका स्तरीय छनौट चरणको कार्यक्रममा माण्ट हमर्न स्कुलले राष्ट्रिय लोक नृत्य प्रतियोगिताको जुनियर तर्फ प्रथम र सिनियर तर्फ द्धितीय स्थान हासिल गरेका थिए ।

हस्तलेखन अंग्रेजी र नेपाली दुवै, विज्ञान प्रदर्शनी, माटो कला प्रतियोगिता, राष्ट्रिय तथा लोक नृत्य प्रतियोगिता(आधारभूत तथा मावि) वत्तृत्वकला प्रतियोगिता र चित्रकला प्रतियोगितामा सहभागिता जनाएको शिक्षक एविन्द्र पाठकले जानकारी दिए ।

जिल्ला एन ब्याब्सन मोरङको आयोजनामा प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम २०७९ कार्यक्रम अन्तरगत खेलहरु संचालन गरिएको थियो ।

प्रतियोगितामा जिल्लाभरीका २९ वटा स्कुलका ८ सय भन्दा बढी विद्यार्थीहरु सहभागि रहेका थिए । कार्यक्रमा पुस ९ गते शनिबार विराटचोकको जेसिज भवनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल र कार्यक्रमको अध्यक्षता सुनिलदत्त अधिकरीले गरेका थिए ।

 

सम्बन्धित खवर