स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको अध्यक्षमा उपाध्याय निर्वाचित - Nigranitimes

स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको अध्यक्षमा उपाध्याय निर्वाचित

माघ ४ गते, विराटनगर । विराटनगर एकीकृत भन्सार जाँच चौकीमा कार्यरत भन्सार प्रतिनिधिहरूको संगठन स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको अध्यक्षमा नवलप्रसाद उपाध्याय सर्वसम्मत निर्वाचित भएका छन् ।

मंगलबार राती सम्पन्न साधारण सभाले उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको हो । समितिको उपाध्यक्षद्वयमा शरण खरेल र राकेशकुमार ठाकुर, सचिवमा सन्जय दुगड, सह( सचिवद्वयमा अरबिन्द ठाकुर र तारा शाही निर्वाचित भएका छन् ।

संगठनको कोषाध्यक्षमा सुनिल पोद्दार निर्वाचित हुनुभएको छ भने सदस्यमा क्रमशः ललित बोहोरा, रामभरोसी प्रसाद गुप्ता, उदय भट्टराई, निरन्जन अग्रवाल, वसन्त जैन, संजीव भगत र किरण शंकर साह निर्विरोध निर्वाचित भएको हो ।

प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । तीन दशकदेखि प्रतिनिधीको काम गर्दै आएपनि केही निश्चित ब्यक्तिहरूको प्रभावका कारण नियमित लाईसेन्सको परीक्षा नलिएको भन्दै आफूहरू संगठित हुनुपरेको नव निर्वाचित सचिव संजय दुगडले बताए ।

६ महिना अघि तदर्थ समिती गठन गरेको संगठनले भन्सार प्रतिनिधिहरूको हकहितमा काम गर्ने नव निर्वाचित अध्यक्ष उपाध्यायले बताए । कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । साधारणसभामा जेष्ठ प्रतिनिधि दामोदर खेतानलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।

सम्बन्धित खवर