पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका बाख्राहरुमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउँ’ भन्ने अभियानका साथ वडा नम्वर १० बाट आइतबार देखि खोप सुरु भएको हो । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै नगरमा पशुपालन व्यवसायको प्रवद्र्धनमा नगरपालिका लागिरहेको वताए ।
पथरी सहकारी संस्था लिमिटेडको संयोजन र नेपाल पारा भेटेरीनगरी एशोसियशन् नगर समितिको समेत सहभागितामा संघीय सरकारको कार्यक्रम अन्तर्गत खोप लगाउन थालिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए ।